फिल्म । नेपाली फिल्म ‘खुस्मा’मा समावेश लोकशैलीको गीत ‘रुकुम मैकोट’ डेढ महिनादेखि युट्युवको ग्लोबल ट्रेन्ड्रिङमा रहदा पाँच करोड भन्दा बढी पटक हेरिएको छ । गत असोज ६ गतेदेखि सूचीमा समावेश यो गीत ८३ औं स्थानमा छ ।
एसडी योगीद्वारा संगीतबद्ध गीत अहिले पनि टिकटक र रिल्समा उत्तिकै लोकप्रिय छ । युट्युवले हरेक साता ‘ग्लोबल टप म्युजिक भिडियो’को सूची अपडेट गर्छ । ‘रुकुम मैकोट’ असोज पहिलो साता ग्लोबल ट्रेन्ड्रिङको ५९ औं स्थानमा थियो । सुरुमा यो गीत ७३ औं स्थानमा थियो । यसअघि नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ पनि झण्डै दुई साता ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भएको थियो ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । फिल्ममा धीरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले माओवादी युद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।










