सङ्गीत । ‘गीत लै लै’ गीतमार्फत पहिचान स्थापित गर्न सफल भएका गायक केतन क्षेत्रीले नयाँ गीत ‘संसारै मायाँको’ ल्याएका छन् । गीतको संगीत, मिक्सिङ, र मास्टरिङ एटीएफओईएस स्टुडियोले तयार पारेको हो । भिडियोमा सान्या केशवानीसँगै केतन क्षेत्री लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
मेकअप कलाकारको रूपमा सरिश्मा थापा संलग्न छिन्, लाइटको व्यवस्थापनमा नबिन बोगटीले काम गरेका छन् । सिनेमाटोग्राफी र सम्पादन समिर भिजन, कलर ग्रेडिङ थॉमस जीएम र समिर भिजनले गरेका छन् भने भिडियोको निर्देशन थोमस जीएमले गरेका हुन् ।
कमेन्ट गर्नुहोस्










