फिल्म । बेलायतको लन्डन सहरमा नेपाली चलचित्रलाई लक्षित गर्दै अवार्ड हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै ‘यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ घोषणा गरिएको संयोजक मनिष कार्कीले जानकारी दिए ।
उनले यति नेपाली एसोसिएसन, युकेको आयोजना ममा आउँदो भदौं १५ मा अवार्ड समारोह आयोजना गरिने जानकारी दिए । उनले भने,‘सन् २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शन गरिएको फिल्म मध्ये अवार्डमा सहभागी हुने मध्येबाट उत्कृष्ट तीनको छनौट गर्ने छौँ । यसको उदेश्य नेपाली फिल्मको डायस्पोरा बजार बलियो बनाउनु, विस्तार गर्नु हो ।’
उनका अनुसार अवार्डको निर्णायक मण्डलमा संयोजक अभिनेता सुनिल थापा र सदस्यमा अभिनेत्री गौरी मल्ल र निर्देशक उज्वल घिमिरे रहेका छन् ।

कमेन्ट गर्नुहोस्










