शोभितले भेटे कपिल

फिल्म । निर्देशक तथा कलाकार शोभित बस्नेतले भारतीय कमेडियन कपिल शर्मासँग भेट गरेका छन् । आगामी चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बद्री बहादुर’ को प्रचारप्रसारकै क्रममा भएको भेटघाटमा उनले नेपाली फिल्मबारे जानकारी गराएका छन् । निर्देशक बस्नेत मुम्बई पुगको समयमा भएको भेटमा कपिलल नेपाली फिल्मलाई लिएर विभिन्न जिज्ञाशा राखेका थिए ।

कुराकानीका क्रममा कपिलले आफू नेपाली फिल्मको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतले जानकारी दिए । सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् । फिल्म जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह निर्माता समिर मिया, सम्पादन बन्दे प्रसाद रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने फिल्मलाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । फिल्मको सह निर्देशनमा रामजी राउत र ज्ञानकुमार कटेलले गरेका हुन ।

कमेन्ट गर्नुहोस्