फिल्म । कृषा चौलागाईको निर्देशनमा तयार हुने ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै बाल कलाकारले मुहूर्त सट दिएको जानकारी निर्देशक चौलागाईले दिइन् ।
गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्कृप्ट पूजा गरिएको फिल्मको पहिलो चरण अर्न्तगतको १५ दिने सेड्युलको तय गरिएको छ । यसको नवलपरासी पश्चात बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री चौलागाईले बताइन् । पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको छायांकन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल यसको दोस्रो सेड्युलमा मात्रै जोडिनेछन् । केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । यसको निर्मातामा विशाल चौलागाई छन् । यसकोको तीन चरणमा छायांकन हुनेछ । प्रदीप भारद्धाजको लेखन रहेको फिल्मलाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन् ।










