‘गोर्खा वारियर’ को प्रिमियरमा को- को आउदैछन् ?

फिल्म । व्रिटिस गोर्खा सैनिकको सङ्घर्षको कथामा निर्माण भएको चलचित्र ‘गोर्खा वारियर’ को भव्य रेड कार्पेट प्रिमियर भईरहेको छ । यो चलचित्र यही ११ फागुनबाट देशव्यापी सिनेमा घरमा रिलिज हुँदैछ । यसै क्रममा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादबको प्रमुख आतिथ्यतामा ९ फागुनमा काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा भव्य रेड कार्पेट प्रिमियर हुन लागेको हो । सो दिन बेलुका ५ बजेबाट हुने उक्त रेड कार्पेट प्रिमियरको प्रमुख अतिथिमा उपराष्ट्रपति यादब तय भएकोे निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रका निर्माता सुमन राईका अनुसार रेड कार्पेट प्रिमियरको विशिष्ट अतिथिमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती, राष्ट्रिय प्रजातन्त्री पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, लोकतान्त्रिक समाजबादी पार्टी नेपालका बरिष्ट नेपाल राजेन्द्र महतो आउने पनि तय भईसकेको छ । यस्तै विभिन्न राजनीतिक पार्टीका बरिष्ट नेताहरु, साँसदहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, चलचित्रकर्मीहरुको पनि यो रेड कार्पेट प्रिमियरमा आतिथ्यता रहने निर्माता राईले जानकारी गराएका छन् ।

यो चलचित्रको काठमाडौं अघि ५ फागुनमा धरानमा र ७ फागुनमा पोखरामा भव्य रेड कार्पेट प्रिमियर हुँदैछ । यी दुबै ठाउँको प्रिमियर तयार भईरहेको यसका निर्देशक तथा लेखक मिलन चाम्सले जानकारी गराएका छन् । उनका अनुसार त्यहाँ पनि विभिन्न शिष्ट व्यक्तिहरुको आतिथ्यता रहने छ ।

यो चलचित्रमा अभिनेता रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यो चलचित्रको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

नेपालीसहित हिन्दी, अँग्रेजी र कोरियन गरी चार भाषामा यो चलिचत्र निर्माण भएको छ । यसमा मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । चलचित्र गोर्खा वारियरलाई निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखेका हुन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

कमेन्ट गर्नुहोस्