नीताको ‘ह्रस्व दीर्घ’ मा यस्ता छन् ब्रहामनान्दम

फिल्म । अभिनेत्री नीता ढूंगानाको निर्माण तथा प्रमूख अभिनय रहेको ‘ह्रस्व दीर्घ’ दशैंमा रिलिज हुने भएको छ । सिनेमाका कलाकार बम्हानन्दमको जन्मदिनमा फस्ट लुक रिलिज गर्दै नीताले सिनेमाको रिलिज मिति घोषणा गरेकी हुन् । घोषणा अनुसार फिल्म असोज ११ गते रिलिज हुनेछ । सार्वजनिक फस्ट लुकमा ब्रहामनान्दम मात्र फिचर भएका छन् । सार्वजनिक फस्टलुकमा उनलाई नेपाली ढाका टोपीमा मुस्कुराइरहेको देख्न सकिन्छ । उनको निधारमा तिलक समेत छ ।

चन्द्र पन्द निर्देशित सिनेमामा नेपालका र भारतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमा नेपालीसँगै भारतका प्रान्तिय भाषाहरुमा रिलिज हुने जनाइएको छ। भारतमा भने यो सिनेमामा ओटिटि प्लेटफर्ममा मात्र रिलिज हुनेछ ।

हरिहर अधिकारीले लेखेको सिनेमामा हरिहर तथा नीताका अलावा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।

सिनेमामा ब्रम्हानन्दमका अलावा अलि, खलनायक विजय रावतको समेत अभिनय रहेको छ । तीन सेड्यूलमा छायाँकन हुने सिनेमाको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको लागी निर्माण टीम भारत जादै छ।जहाँ दुई गीतको छायांकन हुने छ।

कमेन्ट गर्नुहोस्