फिल्म । रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको ‘डिग्री माइला:एमए थर्ड क्लास’को छायांकन सकिएको छ । रुम्जाटारमा ४५ औं दिनमा फिल्मको छायांकन सैकिको निर्माण पक्षले जानकारी दिएको छ । असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन सुरु गरिएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक भएको थियो । दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु गर्दै ओखलढुंगाको रुम्जाटार पुगेर सकिएको हो ।
बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ ।
यसा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । यसमा ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । ‘डिग्री माइला’ वर्षकै प्रतिक्षित मध्येको एक फिल्म हो ।










