बलिउड । सोमबार अयोध्यामा राम मन्दिरमा भगवान् रामको प्रतिमूर्तिको प्राण प्रतिष्ठा भयो । सो समारोहमा ठूलो संख्यामा दर्शनार्थीहरु आएका थिए । जहाँ बलिउडकर्मीको उपस्थिति पनि थियो । बलिउडबाट निम्ता गरिएकालाई लगभग एकै स्थानमा राखिएको थियो । उक्त समारोहमा अभिनेता रणवीर कपूर आफ्नो पत्नी तथा अभिनेत्री आलिया भट्टसँग पुगेका थिए । जहाँ अभिनेत्री कट्रिना कैफ आफ्नो पति तथा अभिनेता विक्की कौशलसँग थिए ।
केही वर्ष अगाडि रणवीर र कट्रिनाको प्रेमको निकै चर्चा हुन्थ्यो । यी दुई अलग भएपछि साथ देखिएका थिएनन् । सार्वजनिक रुपमा त्यसपछि उनीहरुलाई एकसाथ देखिएको हो ।
रामको पहिलो दर्शनका लागि मानिसहरुमा हानाथाप देखिन्थ्यो । यति बेला रणवीर भने अर्कै पीरमा थिए । भिडबिच पत्नी आलियालाई समात्दै उनी हिँडिरहेका थिए । यतिबेला सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा रणवीर र आलिया दुबै लाइनमा देखिन्छन् । दुबै जना बिस्तारै बिस्तारै अगाडि बढिरहेका छन् ।










