दया र रिस्मापछि‘रिमै’मा जोडिए सौगात

फिल्म । अभिनेता सौगात मल्ल र दयाहाङ राई नेपाली फिल्म ‘रिमै’मा सँगै देखिने भएका छन् । फिल्ममा अभिनेता मल्ल अनुबन्धित भएसँगै दुईलाई पुनः दर्शकले एकसाथ हेर्न पाउनेछन् । यसमा ‘कबड्डी’ शृंखलामार्फत मैयाको रुपमा चिनिएकी अभिनेत्री रिस्मा गुरुङले पनि अभिनय गर्दैछिन् । ‘कबड्डी’ को दोस्रो शृंखला पश्चात पुनः यो तीन जना देखिन लागेका हुन् ।

खिल बहादुर गुरुङ्गको निर्देशनमा तयार हुने फिल्मलाई गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरले निर्माण गर्न लागेको हो । यसमा उल्लेखित कलाकारसँगै वीरवल घलेको अभिनय रहनेछ ।

निर्देशक गुरुङ र अभिनेता घलेको संयुक्त लेख्न रहेको कथालाई उपेन्द्र सुब्बाले पटकथामा ढालेका छन् । फागुनबाट छायांकन सुरु गरिने फिल्ममार्फत पुनः दर्शकले रमाइलो महसुश गर्ने निर्देशक गुरुङले बताए ।

यसको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग(नर्वे) तथा सचि कुमारी घले रहेका छन् भने सह निर्मातामा दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा रहेका छन् ।

कमेन्ट गर्नुहोस्