‘दुई कदम’ डेब्यु गर्ल सिमोनको अनुभव

फिल्म । आउँदो मङ्सिर २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘दुई कदम’बाट अभिनेतामा इओन लिम्बु र अभिनेत्रीमा सिमोन गिरीले डेब्यू गर्दैछन् । प्रेम कथामा आधारित फिल्म उनीहरुकै वरपर घुमेको छ । बाल्यकालदेखि नै अभिनयप्रति रुचि लिएर मोडलिङ गरिरहेकी सिमोनले डेब्युको अवसरलाई पूर्ण रुपमा सदुपयोग गरेकी छिन् ।

‘अरुलाई पर्दामा देख्दा रहर जाग्यो । अभिनय सजिलो हुन्छ भन्ने लाग्या थ्यो । तर, आफैँले काम गरेपछि यसलाई बुझ्ने पुका पाए । मैले अर्को बुझेको कुरा भनेको चाहिँ फिल्म टिमवर्क रहेछ । सबैको मिहिनेतले मात्र फिल्म राम्रो बन्ने रहेछ’,सिमोनले भनिन् ।

पहिलो फिल्म भएकाले उनी ‘दुई कदम’ आफ्नो लागि एकदमै विशेष मान्छिन् । यसमा अभिनय गरेर सपना पुरा भएकी उनले बताइन । ‘करिअरलाई अगाडि बढाउन यो फिल्मले ठूलो मद्दत गर्छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

इओन भने ‘दुई कदम’लाई युवापुस्ताको प्रेमकथा भन्न रुचाउँछन् । उदय सुब्बाको निर्देशन रहेको फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ । फिल्मको एक गीतमा विल्सनविक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानालाई पनि देख्न सकिन्छ ।

अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ । फिल्मको छायांकन धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम र झापामा गरिएको हो ।

कमेन्ट गर्नुहोस्