अनमोल र जसिताको ‘फर्की फर्की’को शुभमुहुर्त

फिल्म । केहि समयको पर्खाइपछि अभिनेता अनमोल केसीको प्रमुख अभिनय रहने फिल्म ‘फर्की फर्की’को शुभ मुहूर्त गरिएको छ । पाटन बगलामुखी मन्दिरमा पूजा गर्दै निर्माण टिमेल फिल्मको शुभसाइत गर्यो । रोहित अधिकारी फिल्मस् को ब्यानरमा बन्ने फिल्मलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । रोहित र अनमोलले यसअघि ‘गाजलु’ फिल्ममा सहकार्य गरेका थिए । यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन् ।

मंसिर ११ बाट फ्लोरमा जाने फिल्ममा अनमोलसँगै जसिता गुरुङ प्रमुख अभिनेत्री छन् । रवि काफ्ले र संवृद्धी अर्यालले डेब्यू गर्नेछन् । साथमा कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेले फिल्ममा मुख्य भूमिका निभाउनेछन् । रोहित अधिकारीले निर्माणमा ओम अग्रवालसँग सहकार्य गर्दा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा रहनेछन् भने कार्यकारी निर्माता अनीरुद्र गिरी छन् ।

यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ भने एक्सनमा अष्ट महर्जन, कथा पटकथामा निर्देशक सुयोग गुरुङ छन् । ‘फर्की फर्की’मा प्रोडक्शन हेडको रुपमा शंकर पाण्डे रहेका छन् । फिल्ममा काफिया फिल्मस्, कुवेर फिल्मस् र एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ । यो फिल्मको छायांकन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण बेसक्याम्प र इन्डोनेसियाको बालीमा हुनेछ ।

फिल्मका निर्माता रोहित अधिकारीले एउटा ठूलो क्यानभासमा उत्कृष्ट लभ स्टोरी फिल्म बनाउन लागेको बताए ।

कमेन्ट गर्नुहोस्