एनआरएनएको उपमहासचिव पदमा प्रवक्ता सापकोटाको उम्मेदवारी घोषणा

देश । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उपमहासचिव पदमा सोमनाथ सापकोटाले उम्मेदवारी दिने भएका छन् । हाल संघको प्रवक्ता रहेका सापकोटाले उम्मेदवारी दिने घोषणा गर्दै सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन् । स्थापनाकालदेखिनै सक्रिय सापकोटा सङ्घको विभिन्न पदीय जिम्मेवारी रही नेपाल र नेपालीहरूको हक हितका सस्थागत रूपमा क्रियाशील छन् । सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

‘संस्थाको सुदृढ़ीकरण, पूर्ण व्यवस्थित साथै विश्वभरि छरिएर रहनु हुने प्रवासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै भाइचाराको सम्बन्ध विकास गर्दै प्रवासमा बस्ने नेपालीहरूको साझा संस्था निर्माणमा क्रियाशील हुन मैले उम्मेदवारी दिदै छु’,सापकोटाले भने,‘नीतिगत अस्पष्टतालाई सम्बोधन गराई एकत्रित गतिशील सङ्घ निर्माणमा केन्द्रित हुने उद्देश्यसहित मेरो उम्मेदवारी रहेको छ ।’

सन् २००६ मा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे । सापकोटा सन् २०११–२०१३ सम्म गैरआवासीय नेपाली सङ्घको केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भए । यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा हाल सङ्घको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्