संगीत । गायक तथा सर्जक डिआर सुजनले तीज गीत ‘ पिरतीको कम्पनिमा’ सार्वजनिक गरेका छन् । उनकै शब्द रचना र संगीत रहेको गीत गायनमा भने एलिना चौहानले साथ् दिएकी छिन् । यी दुईको तीज गीतको भिडियो नृत्य शैलीको आकर्षक बनाइएको छ ।
सार्वजनिक गीतको भिडियोमा विनोद परियार, रेनुका खड्का, प्रिया पोखरेल, रमित बलामी, सम्झना सेन्चुरी र पूर्ण वि राई लगायतका कलाकारले अभिनय गरेका छन् । भिडियोमा दीपक गिरीको छायांकन, ओम खड्काको सम्पादन र मुकेश नेपालीको नृत्य निर्देशन रहेको छ ।
कमेन्ट गर्नुहोस्










