‘कार्साङ’मा सुरक्षा

फिल्म । यम शेर्पाको निर्देशनमा तयार हुने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छिन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा सुरक्षा अगाडी नै दयाहाङ राई, बुद्धि तामाङ तय भइसकेका छन् ।

शेर्पा समुदायको सामाजिक कथावस्तुमा निर्माण हुने फिल्ममा सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरुको लाइनअप पुरा भएको निर्देशक शेर्पाले जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ । यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्ण पक्षले बताएको छ ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले खरिद गरेको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ ।

कमेन्ट गर्नुहोस्