भिडिओमा नारायण गोपालको’केही मिठो बात गर’

सङ्गीत । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर’सार्वजनिक भएको पैतीस बर्षपछि भिडियो निर्माण गरिएको छ ।

गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायण गोपालले विसं २०४५ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गर्नु भएको थियो । नारायणगोपाल संगीत कोषसँगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो । गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ ।

भिडियोमा चालिसको दशकको नेपालको परिवेशलाई समेटिएको छ । फिल्म निर्देशक सुव्रतराज आचार्यलेको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादनसँगै कलर तथा भिएफक्स र उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्