दीपकले ल्याए ‘एक्लो’

संगीत । गायक दीपक बज्राचार्यले नयाँ गीत ‘एक्लो’ ल्याएका छन् । फरक आवाजका धनी गायक बज्राचार्यले अडियो र भिडियो दुवै सार्वजनिक गरेका छन् । तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा रहेका गायक बज्राचार्यलाई शब्दमा रिकी शाक्य र संगीतमा जेम्स प्रधानले साथ दिएका छन् ।

सार्वजनिक गीतको भिडियोमा सुव्रतराज आचार्यको निर्देशन रहेको छ । गायक बज्राचार्यसँग निर्देशक आचार्यले ‘मन मगन’ जस्तो लोकप्रिय भिडियो तयार गरिसकेका छन् । त्यसैले पनि यो सहकार्य दर्शक माँझ लोकप्रिय हुनेमा दुवै विश्वस्त छन् । भिडियोमा उत्सव दाहालको छायांकन, चेरिस बज्राचार्यको कन्सेप्ट, बिजेश पौडेलको सम्पादन र रंग संयोजन रहेको छ भने यसमा क्रियटिभ निर्देशक जया शर्मा र सहायक निर्देशक साइव्रत आचार्य रहेका छन् ।

कमेन्ट गर्नुहोस्