‘कार्साङ’मा जोडीए बुद्धि

फिल्म । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई फाइनल भैइसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनले खुलाए । फिल्मकी प्रमुख अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्