लुम्बिनीमा जीवनीमा फिल्म र दर्शन

फिल्म। चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ नेपालको रुपन्देही शाखाको सहकार्यमा भएको वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि तीन दिने कार्यशाला चलिरहेको छ। हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यटकीय क्षेत्र, समग्र लुम्बिनी प्रदेशको बिकाश र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने र टिकाई राख्नका लागि यस्तो खाले कार्यक्रमको खाँचो रहेको संयोजक बिमल पौडेलले बताए ।कार्यशालामा चलचित्र निर्माण, जीवनीमा आधारित चलचित्रको ईतिहास र वर्तमान अवस्था, बुद्धको जीवनी संगत दर्शन, चलचित्र लेखन, संवाद,पटकथा, पत्रकारिता सम्बन्धी बिशेष कक्षा रहेको छ।

चैत्र १७ गते देखि शुरु भएको लुम्बिनीमा संचालित तीन दिने कार्यशालामा निर्देशक प्रकाश सायमी, कलाकार सुनिल थापा,कलाकार बसुन्धरा भुसाल, कलाकार, निर्माता , निर्देशक विश्व बिक्रम बस्नेत,कथाकार तथा लेखक बिक्रम भक्त जोशी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, निर्देशक तथा लेखक राजेन्द्र सलभ, लुम्बिनी बौद्ध विश्वविद्यालय निमित्त उपकुलपति डा तिलकराम आचार्य ,डिन माणिक रत्न शाक्य , उपप्राध्यापक दयानिधी गौतम,चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ, सम्पादक जगिलाल थापा लगायतको सहजीकरण रहेको छ।

कमेन्ट गर्नुहोस्