‘बिहे पास’ ट्रेलर

फिल्म। दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘बिहे पास’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले सार्वजनिक गरेको ट्रेलर मुख्य पात्र दयाहाङ वरिपरि घुमेको छ । नेपाली समाजमा व्याप्त विवाह परम्पराको केही पाटो समेत चित्रण गरिएको छ ।

लोकसेवाको परीक्षा दिएर सरकारी सेवामा नाम निकाल्न एक व्यक्तिले गर्ने सङ्घर्ष र सरकारी जागिर नहुँदा विवाहमा उत्पन्न गरेको समस्या फिल्मले कथा बनाएको छ । दयाहाङ र प्रकृतिको अलवा फिल्ममा शिशिर बाङ्देल, बुद्धि तामाङ र रवीन्द्र झाको मुख्य भूमिका रहेको छ ।

प्रवेश पौडेलको निर्देशन र रोजन श्रेष्ठको निर्माण रहेको फिल्म वैशाख १ गते प्रदर्शन हुँदै छ । निर्माण युनिटले दयाहाङको अन्य फिल्मको रेकर्ड विहेपासले तोड्ने बताएका छन् ।फिल्मका प्रस्तुतिकर्ता रोहित कट्टेल हुन् ।

कमेन्ट गर्नुहोस्