फिल्म। ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्मको बुधवार सार्वजनिक टिजर साढे १ मिनेट लामो छ ।
वैवाहिक जीवनमा बाँधिएका जोडीलाई रोजगारीको बिषयलाई लिएर हुने मतभेद टिजरमा देख्न सकिन्छ । प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । यो बैशाख १ गते रिलिज हुँदैछ ।
कमेन्ट गर्नुहोस्










