‘विमान दुर्घटनाले स्तव्ध बनायो’

फिल्म । परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आईतबार विहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका ७२ जना बोकेर उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको खबरले स्तव्ध बताएका छन् । उनले विज्ञाप्ति जारी गर्दै नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको उल्लेख गरेका छन् ।

‘दुर्घटनामा परि ज्यान गुमाउन पुगेका मृतकका परिवारहरुलाई राहत तथा क्षतीपुर्तिको व्यवस्था मिलाउदै दुर्घटनाको कारण र यसलाई आगामि भविष्यमा नदोहोरिन दिन चाल्नु पर्ने कदमहरुको बारेमा तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहान्छौं’, अध्यक्ष निरौलाद्वारा जारी विज्ञाप्तिमा भनिएको छ।

कमेन्ट गर्नुहोस्