दीपकको फिल्ममा प्रदीप

फिल्म। निर्देशक दीपक वलीको फिल्ममा अभिनेताको रूपमा प्रदीप खड्का अनुबन्धित भएका छन्। ‘प्रेमगीत ३’पछि प्रदीपले कुन फिल्ममा आइने गर्छन् भन्ने चासोकै बीच उनले गत शुक्रबार मात्र सम्झौता गरेका हुन्। स्क्रिप्ट र चरित्रबाट प्रभावित भएका उनले महंगो पारिश्रमिकमा अभिनेता अनुबन्धित भएको चर्चा छ। आगामी मार्च (चैत) बाट फिल्मको छायांकन सुरु हुनेछ ।

ब्राजिल र मेक्सिकोमा सुटिङ हुने फिल्म यात्राको कथामा आधारित हुने बताइएको छ। महेश दवाडीले फिल्मको कथा तयार पारेका हुन्।

कमेन्ट गर्नुहोस्