फूलबारी गीत ‘माया रैछ र त भर रैछ नि’

फिल्म । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । चल/अचल दृश्यसहितको ‘माया रैछ र त भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउछ । यसमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् ।

लिरिकल गीतमा सम्पूर्ण क्यारेक्टरको भाव प्रस्तुत गरिएको छ । गीतले पारिवारिक खुसिसंगै पिडापनि झल्काएको छ । अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसंग जोडी बाँधेका छन् भने अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनालसंग बाँधिएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेल गायनमा साथ दिएकी छिन्।

फिल्ममा शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘फूलबारी’ मा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

कमेन्ट गर्नुहोस्