‘गुञ्जन’ पोस्टरमा प्रितमसँग सारा

फिल्म । द्वन्द्व निर्देशकको रुपमा स्थापित अष्ट महर्जनद्वारा निर्देशित पहिलो फिल्म ‘गुञ्जन’को पोस्टर सार्वजनिक भएको छ । आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको मंगलवार सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय सारा सिरपाइली र प्रितमराज सेन्चुरी देखिएका छन् । फिल्ममा सारा र प्रितमसँगै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतको पनि अभिनय छ । प्रितमराजले यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए।एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा खिचिएको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराजसँगै कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ । फिल्मको वितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दैछ ।

कमेन्ट गर्नुहोस्