फिल्म । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘नाङ्गो गाउँ’ को घोषणा गरिएको छ । निर्देशक लामाले सामाजिक सञ्जालमार्फत फिल्म बन्ने जानकारीसँगै कलाकारको बारेमा परिचय गराएका छन् । उनले पाँचौँ फिल्मको रुपमा निर्देशन गर्ने ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई र मिरुना मगर अनुबन्धित भएका छन् ।
मनिष्मा फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ । अन्य कलाकारको छनोट चाडै नै हुने निर्देशक लामाले जानकारी दिए । राजनीतिक कथामा आधारित रहने फिल्मको छायांकन चैत्र महिनाबाट सुरू गर्ने तयारी निर्माण पक्षको छ ।
‘हामीले मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा व्यङ्ग्य गर्नेछौं । दर्शकले हाँस्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउनेछन्’, निर्देशक लामाले भने । उनले यसअगाडी घामपानी, गोपि, छ माया छपक्कै र २ नम्बर जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।











