फिल्म । मङ्सिर २३ गते प्रदर्शन हुने सामाजिक महामारीको कथामा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पारिवारिक सम्बन्ध,प्रेममा हुने असमझदारी तथा सामाजिक न्यायको बिषयलाई प्रस्तुत गरिएको छ । कमल एक्चै मगर निर्देशित फिल्ममा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारु मगरलगायतको अभिनय छ । ‘दर्शकको लागि निकै दुख गरेर फिल्म बनाएका छौ,’ निर्देशक मगरले भने,‘फिल्मले पूर्ण मनोरञ्जनका साथै समाजीक सन्देश पनि प्रवाह गरेको छ । त्यसैले आम दर्शकलाई हेर्न आग्रह गर्दछु ।’
पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।












