आमिरलाई शाहरुखको सल्लाह ‘काजोलसँग काम गर्न सकिन्न’

फिल्म । बलिउडमा रोमान्टिक अनसक्रिन जोडी मध्येका एक हुन्, शाहरुख खान र काजोल । यी दुइले फिल्म ‘बाजिगर’ मा पहिलो पटक काम गरेका थिए । त्यसपछि यी दुइको जोडीलाई दर्शकले रुचाए । दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है लगायतका फिल्ममासँगै काम गरे । यो जोडी दर्शक माँझ प्रिय नै बन्यो ।तर, फिल्म बाजिगरको छायाँकनको क्रममा शाहरुखले अभिनेता आमिर खानलाई काजोलसँग काम नगर्न सल्लाह दिएका थिए । आमिरले कुनै प्रोजेक्टलाइ लिएर काजोलको बारेमा जानकारी लिँदा शाहरुखले सल्लाह दिएका थिएँ । उक्त समयमा काम गर्न नसकिने एक्ट्रेस भन्दै काजोलको चर्चा गर्ने शाहरुख पछाडी हिट जोडी नै बने ।

काजोलको बढी बोल्ने र टिप्पणी गर्ने बानी शाहरुखलाई मन परेको थिएन । काजोललाइ पनि केहि कुरामा शाहरुख ठिक लागेको थिएँन । यसैले गर्दा छायाँकनको क्रममा यी दुइको झगडा पनि भएको थियो । यसलाई शाहरुख स्वयमले एक अन्तर्वार्ताको क्रममा बताएका छन् । तर, छायाँकनमा यी दुइको भेटघाट हुदै गयो, एक अर्कालाई बुझ्दै गए । यी दुइ राम्रो साथी बने ।

शाहरुखले अन्तर्वार्ताकै क्रममा भनेका छन्,’आमिरलाई काजोलको बारेमा प्रतिक्रिया दिएपछि मैले त्यहि बेलुकी फेरी फोन गरे । मैले मेरो व्यक्तिगत कारण त्यस्तो प्रतिक्रिया दिएको र काजोल राम्रो अभिनेत्री रहेको बताए । मन हल्का भयो । पछिल्लो समयसम्म मेरो मिल्ने साथी मध्यकी एक हुन्, काजोल ।’ (एजेन्सी)

कमेन्ट गर्नुहोस्