लाखेको ‘तिम्रो पिरेम’ सार्वजनिक (भिडियो)

फिल्म । मल्टिस्टारर फिल्म ‘लाखे’ को आइटम गीत सार्वजनिक भएको छ । काठमाडौंको विश्वज्योति हलमा आइतवार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तिम्रो पिरेम’ बोलको गीतमा फिल्मका मुख्य कलाकारहरूको सहभागिता रहेको छ । सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला लगायत गीतमा फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सुक्मित घिसिङ आइटम गर्लको रुपमा प्रस्तुत छिन् ।

गीतमा हर्कुलस बस्नेत र सदिक्षा कट्टेलको युगल स्वर रहेको छ भने संगीत तथा शब्द गायक बस्नेत स्वयंको छ । गीतमा सौरभ लामाको छायांकन छ भने सन्देश शाहले सम्पादन गरेका हुन् । सम्राट बस्नेतले निर्देशनमा तयार फिल्ममा अर्पण थापा, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतको मुख्य भूमिका रहेको छ । कात्तिक १८ मा प्रदर्शन हुने फिल्म एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको हो ।

सिजन अर्यालको कथा तथा निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । यस फिल्ममा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।

कमेन्ट गर्नुहोस्