संगीत । ‘कुरी कुरी माकुरी’ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने, गायक बाबुल गिरीकै एरेन्ज रहेको छ ।
भिडियो माइकल चन्दले निर्देशन गरेका भिडियोमा किरण केसी, रेजिना उप्रेती, सुधीर श्रेष्ठ, रुबी पौडेलको अभिनय रहको छ । यस गीतमा बाराही म्युजिक एन्ड इन्टरटेनमेन्ट इन्कले निर्माण गरेको यो भिडियोमा माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलरिङ गरेका छन् । भिडियो सार्वजनिक भएसँगै दर्शकले निकै रुचाएका छन् ।
कमेन्ट गर्नुहोस्












