‘जेरी’ सिक्वेलमा अनमोलसँग आना

फिल्म । सन् २०१४ मा आएको अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्माको हिट फिल्म हो ‘जेरी’ को सिक्वेलमा पनि यहिँ जोडी देखिने भएको छ । ‘जेरी २’ नाम दिईएको फिल्मको छायांकन आउँदो विन्टरमा हुँदैछ । फिल्ममा अनमोल केही समय अगाडी अनुबन्धित भइसकेका छन् भने आना पनि अनुबन्धित भएकै हालै सार्वजनिक भएको छ ।

निर्देशक हेमराज विसीले ‘जेरी २’को निर्देशन गर्ने फिल्मलाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्दैछन् । आनाको तस्वीर अनुहार छोपेर सार्वजनिक गरिएको छ । यद्दपि उनी आना नै रहेको अनुमान सहजै लगाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्