अष्ट्रेलिया बिक्यो ‘बाबरी”

फिल्म । आउँदो दसैं लक्षित गर्दै प्रदर्शनमा आउने फिल्म ‘बाबरी’को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री भएको छ । असोज १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाबरी’ को मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले अस्ट्रेलिया राइट्स किनेका हुन् । केहि दिन अगाडी निर्माण कम्पनि बाबरी फिल्म्स र वितरण कम्पनि मवेन इन्टरटेनमेन्टबीच कागजी सम्झौता भएको हो । नेपाल रिलिजको १० दिनपछि अस्ट्रेलियामा ‘बाबरी’ प्रदर्शन हुनेछ । यस्तै , फिल्म तिहारको एक सातापछि नोभेम्बर ६ मा हङकङमा पनि रिलिज हुनेछ । हङकङ राइट्स यसअघि नै विक्री भईसकेको थियो । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकरको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेम कथा भनिएको फिल्म यी तीनकै वरपर घुमेको छ । फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको ट्रेलर तथा गीतसंगीतलाई दर्शकले रुचाएका छन् ।’बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत चार्टबस्टरमा हिट भैसकेका छन् । फिल्मलाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।
कमेन्ट गर्नुहोस्