फिल्म । पछिल्लो समय सन् २०२२ को उच्च ओप्निङ गरेको फिल्म ‘भूलभूलैया २’ का अभिनेता कार्तिक आर्यनको करियर अहिले हाई पोइन्टमा छ । केही दिन अघिदेखिबाट मात्र ‘सत्यप्रेम कि कथा’को सुटिङ सेट ज्वाइन गरेका कार्तिक आर्यनले अर्को नयाँ फिल्म हस्ताक्षर गरेका छन् । उनले अभिनय गर्ने नयाँ फिल्म ‘आशिकी ३’ हो ।
आशिकीको यस अगाडी रिलिज भएको दुवै सिरिज सफल भइसकेका छन् । प्रेम कथासँगै फिल्मको गीतसंगीत समेत दर्शकको प्रिय बनेको छ । विशेष भट्टले निर्माण गर्ने यो फिल्मलाई अनुराग बसुले निर्देशन गर्नेछन् ।
महेश भट्टले निर्देशन गरेको पहिलो भागमा राहुल रोय मुख्य भूमिकामा थिए । संगीतका कारण यो फिल्म उसबेला सुपरहिट भएको थियो । यसको धेरै वर्षपछि बनेको दोस्रो भागलाई मोहित सुरीले निर्देशन गरेका थिए जसमा आदित्यरोय कपुर र श्रद्धा कपुरले अभिनय गरेका थिए । पहिलो भाग झैँ यो भागमा पनि सुपरहिट भएको थियो । तेस्रो भागका लागि कार्तिकको जोडी को रहने भन्ने चाहिँ टुंगो भइसकेको छैन ।
फिल्मको गीतसंगीतको जिम्मा संगीतकार प्रितमले पाएका छन् ।











