‘झिँगेदाउ’मा फरक आँचल

फिल्म । आउँदो फिल्म ‘झिँगेदाउ’ मा आँचल शर्मा गाउले युवतीको भूमिकामा छिन् । विवाह , कोरोना भाइरसको महामारी लगायतकको विश्राम पश्चात आँचल पर्दामा आउदैछिन् । भदौ १७ गतेबाट प्रदर्शनमा आउने ‘झिँगेदाउ’ मार्फत उनी फरक रुपमा आउँदैछिन् । फिल्ममा उनले देउरानीको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको भूमिका अनुसार सुहाउने भएकाले नै आँचललाई कास्ट गरिएको निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले बताए ।

उनले स्वर्गीय भीमनिधि तिवारीद्वारा लिखित कथा ‘झिँगेदाउ’ लाई नै फिल्ममा रुपान्तरण गरेका हुन् । उनलाई पटकथा लेखनमा प्रदीप भारद्वाजले साथ् दिएका हुन् । कृतिमा आधारित फिल्म खेल्न पाउँदा आँचल खुशी छिन् ।

‘परिवारसहित हेर्ने फिल्म हो ।यसले परिवारमा आउने समस्या र मिलेर निकाल्नु पर्ने हलको विषयमा बताउने छ’ उनले भनिन् । आँचल आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्केर काम गरेको बताउछिन् । त्यसो त पर्दामा प्रेमिकाकै भूमिकामा देखिरहेकी आँचललाई यो फिल्मले अफरले केहि अचम्मित पनि बनाएको थियो । ‘२०/२५ साल तिरको कथा भएका कारण यसमा परम्परागत पोशाक लगाउनु पर्ने थियो । परम्परागत पोशाकमा मैले अहिलेसम्म काम गरेकी थिएँन । सेटमा पुगेर गुन्युचोली लगाउँदा मलाई एकदमै सुहायो । अनि यो चरित्र मेरै लागि लेखेको रहेछ भन्ने लाग्यो । छायांकन गर्दै जाँदा म गाउँलेहरुसँग भिजिसकेकी थिएँ । कति जनाले त चिन्नु पनि हुन्थेन’ आँचलले बताइन ।

फिल्ममा दुई दाजुभाई र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथा देखाइएको छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित सिनेमामा आँचलसँगै केकी अधिकारी, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको अभिनय छ । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

कमेन्ट गर्नुहोस्