१ रुपैयाँमै ‘माइकल अधिकारी’ हेर्न पाइने

फिल्म । फिल्म ‘ माईकल अधिकारी’ १ रुपैयाँमा हेर्न पाइने भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ देखि प्रदर्शनमा आउने ‘माइकल अधिकारी’लाई हलमा हेर्न डिजिटल वालेट इसेवा र निर्माण कम्पनि गोपीकृष्णले दर्शकका लागि निक्कै सुलभ अफर ल्याएको हो । अब दर्शकले १ रुपैयाँ मै ‘माइकल अधिकारी’ हेर्न पाउनेछन । जसका लागि इसेवाबाटै टिकट काट्नु पर्ने हुन्छ ।

डिजिटल वालेट र नेपाली फिल्मप्रति आम मानिसलाई आकर्षित गर्न इसेवा र ‘माईकल अधिकारी’को निर्माण टिमले यो योजना अगाडि सारेको हो । रञ्‍जित रौनियारले निर्देशन गरेको फिल्मले सेरोगेसी (भाडाको कोख)को कथा भन्छ । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरु पति-पत्नीको भूमिकामा छन् । निम्नवर्गीय यो दम्पतिले पैसाको लागि आफ्नो कोख भाडामा दिन तयार भएपछि आउने उतारचढावमा फिल्म केन्द्रीत छ ।

फिल्म सौगात र सृष्टी मै केन्द्रीत छ । गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित फिल्ममा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल र केभिन परियारलगायतको पनि अभिनय छ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको फिल्ममा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ । उद्धव पौडेलको प्रस्तुति रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन् । फिल्मलाई जीजीए ग्रुप र रीच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्