टिभी । नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा भिन्न भिन्न विधाका ट्यालेन्टलाई खोजिने भएको छ । विभिन्न प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको ‘नेपाल ट्यालेन्ट हन्ट’को डिजिटल अडिसन सुरु भएको छ । सोमा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने छन् । यस रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने आयोजकले जनाएका छन् ।
अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ पठाउनुपर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्नेछ । रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन भने निर्देशकमा हरी शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला रहेका छन् ।
सोमा विजेता हुने प्रतियोगीले पचास लाख देखि विभिन्न अवसर सम्म प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै, सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउने आयोजकले जनाएका छन् ।









