फिल्म । नौ वर्षको उमेरमा ढल सफा गर्दै परिवारको आर्थिक आवश्यकता पूरा गरेका सेफ सन्तोष शाह १४ वर्षमा भारत पुगेर भाँडा माझ्ने काम गरेका थिए । सन् २०१० मा लण्डन पुगेका सन्तोष सन् २०२० मा बीबीसीको पाककला सम्बन्धी टीभी रियालिटी शोमा सेकेण्ड रनरअप घोषित भएका थिए ।
यिनै सन्तोषको जीवनीमा फिल्म बन्ने भएको छ । नेपाली परिकारलाई विश्वव्यापी चर्चित बनाउने आफ्नो सपना रहेको बताउने सन्तोषको जीवनीलाई डकुमेन्ट्री वा डकुड्रामा बनाउने तयारीमा निर्देशक दीपक रौनियार जुटेका छन् । हाइवे , सेतो सुर्य जस्ता फिल्म निर्देशन गरेका निर्देशक रौनियारले सन्तोषसँग छलफलमै छन् ।
कमेन्ट गर्नुहोस्












