स्मिताले ल्याइन ‘हराएको मुस्कान’

साहित्य । गायिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको बीच पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिकसँगै उक्त कार्यक्रममा विभिन्न १३ जना व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ । स्व. तारानाथ शर्मा,विष्णु प्रभात,दिपक जंगम,कमल कोइराला,नवराज सुवेदी,कुन्ती मोक्तान,बलराम अर्याल,मनिषा कोइराला,उन्नति बोहोरा शिला,रमना श्रेष्ठ,बेन्जु सरोज श्रेष्ठ,डा.प्रकाश सायमी,डा.सुदिप श्रेष्ठलाई उक्त समारोहमा सम्मान गरिएको हो ।

‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरुबाट बेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरुको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै प्राज्ञ विष्णु प्रभातले पुस्तकको समिक्षा गरेका थिए । राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखिका स्वयम आफै म” पात्र भएर प्रस्तुत भएकी छिन् । कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोइरालाले लेखिका प्रति आफुले प्राउड गरेको र जति समस्यामा पनि हाँसी रहने भन्दै प्रसंशा गरिन् । कार्यक्रममा स्मिता घिमिरेको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको थियो।

कमेन्ट गर्नुहोस्