फिल्म । पछिल्लो समय एकपछि अर्को एक्सन फिल्ममा देखा परिरहेका जोन अब्राहमको प्रतिक्षित फिल्म मध्येकै एक हो ,अट्याक । उनको अभिनयसँगै निर्माण समेत रहेको फिल्मले देश भक्तिको कथा भन्छ । लक्ष्यराज आनन्दको निर्देशनमा तयार फिल्मले देश भक्तिको कथा भन्छ ।
यसमा जोनले एक सैनिकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा जोनसँगै राकुल प्रीत सिंह , ज्याक्लिन फर्नान्डिज , प्रकाश राज , रत्न पाठक शाह लगायतको अभिनय रहेको छ । गत जनवरीमै रिलिज घोषणा गरिएको फिल्म कोरोना भाइरसको महामारीको तेस्रो लहरका कारण स्थगित भएको थियो । यद्दपी निर्माण पक्षले फिल्म अप्रिल १ मा प्रदर्शन हुने घोषणा गरेको छ । जोनले सामाजिक सञ्जालमा नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ डेट घोषणा गरेका हुन् ।
कमेन्ट गर्नुहोस्












