भाद्र ३० मा ‘बाबरी’

फिल्म । कोरोना भाइरसद्वारा सिर्जित तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली निर्माताहरु आफु निर्मित फिल्महरुको डेट घोषणा गरिरहेका छन् । आउँदो वर्ष २०७९ सालको वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएसँगै विदेशी ठुला व्यानरका फिल्महरुले घोषणा गरेको डेट हटाएर नेपाली फिल्मको डेट घोषणा गर्न सकस देखिएको छ । यद्दपी निर्माताहरुले खाली डेटमा आफ्नो फिल्म रिलिज हुने घोषणा गरिरहेका छन् ।

यसैक्रममा आउँदो वर्ष २०७९ को भाद्र ३१ गतेलाई ‘बाबरी’ रिलिज हुने घोषणा गरिएको छ । शिवरात्रिको अवसर पारेर सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ को रिलिज डेट घोषणा गरिएको हो । धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको फिल्मको तीनै पात्रको क्यारेक्टर नाम पनि सहित टाइटल पोष्टर समेत सार्वजनिक गरिएको छ । फिल्ममा अदितिले विजेता, धिरज मगरले विक्रान्त र धिरज नाडकरले रोनिशको भूमिका निर्वाह गरेका छन् ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ । फिल्मको कथा स्वयम् निर्देशक पौडेले नै लेखेका हुन् । पुष्पा अधिकारी निर्माता रहेको फिल्ममा सह-निर्मातामा सुष्मा गुरुङ छन् । नरेन्द्र मैनाली सिनेम्याटोग्राफर रहेको फिल्मलाई काठमाडौंसँगै झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । यसमा मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

कमेन्ट गर्नुहोस्