फिल्म । जीवनपछि पनि अरुलाई दृष्टी दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यका साथ् फिल्म ‘थर्ड आइ’ निर्माण गरिएको छ । सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, बिनोद मिश्र, सुरज पोखरेल, बिमला अधिकारी,राजीव न्यौपाने लगायतको मुख्य भूमिका रहेको फिल्ममा आफ्नो दुई आँखाबाट दृष्टी गुमेपछि अरु कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने संदेश छ ।
आसुतोष अधिकारीले निर्देशन गरेको फिल्मले नेत्र दानको महत्व दर्साउने भनिएको छ । यसमा कार्यकारी निर्माता केडी प्रशित , संगीत बिमल लामा , कथा साहित्यकार आरती अधिकारी रहेका छन् । यसमा रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायाँकन छ ।
कमेन्ट गर्नुहोस्












