पर्यटनमन्त्री आले दिए लामालाई श्रद्धाञ्जली

तस्विर जीवन पराजुली

फिल्म । बुधवार विहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै घर अगाडि गाडीबाट ओर्लिने क्रममा लडेर निधन भएका वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

श्रद्धाञ्जलीका लागि लामाको पार्थिव शरिरलाई बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिएको थियो । संस्कृति पर्यटनमन्त्री प्रेम आले सहित अग्रज कलाकारहरु, शुभेच्छुक लगायत आफन्तहरुले लामा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो क्रममा पर्यटनमन्त्री आलेले मुलुकलाई चिनाउन लामाले खेलेको भुमिकाको स्मरण गरे ।

कमेन्ट गर्नुहोस्