‘खोजे मैले मायालाई’ मा गायनसँगै अस्मिताको अभिनय

संगीत । ‘खोजे मैले मायालाई’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । समीर मियाँको निर्देशनमा तयार भएको गीतको सार्वजनिक भिडियोमा अस्मिता जुरेली फिचर्ड छन् । गीतमा उनको स्वरसँगै अभिनय पनि उनकै रहेको छ । कोय दिलिपको शब्द तथा संगीत रहेको गीतका प्रोडक्सन डिजाइनर रामजी रावत हुन् । मनोज लामाको मेकअप रहेको गीतमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्