‘अला वैकुण्ठपुरामलो’ कार्तिकको कारण रोकिएको हो त ?

फिल्म । गत वर्षको डिसेम्बरमा रिलिज भएको फिल्म ‘पुष्पा’ को हिन्दी भर्सनले पनि उत्तिकै राम्रो व्यापार गर्यो । हिन्दी भाषामा मात्र ८५ करोडको आसपासमा व्यापार गरेपछि यतिबेला अल्लु अर्जुनको क्रेज बलिउड दर्शक माँझ पनि बढेको अनुमान सहजै लगाउन सकिन्छ । पुरानो शैलीमा बनेको मसाला फिल्मलाई रुचाएपछि हिन्दी भाषामै फिल्म ‘अल्ला वैकुण्ठपुरामलो’ रिलिज गर्ने चर्चा भयो ।

हिन्दी राइट्स खरिद गरेका मनिष शाहले फिल्मलाई जनवरी २६ मा रिलिज गर्ने घोषणा गरे । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण केहि प्रान्तमा हल बन्द भएपछि यो समयमा फ्रेस हिन्दी फिल्म रिलिज छैनन् । विशेषत नर्थ इन्डियामा फिल्म छैनन् । यसैले गर्दा ‘अला वैकुण्ठपुरमलो’ लाई हिन्दीमा रिलिज गरिने भएपछि चर्चा बढ्यो । सन् २०२० को जनवरी १२ मा रिलिज भएको फिल्मले राम्रो व्यापार गरेको थियो । साथै , अल्लुका फ्यानले निकै रुचाएका थिए ।

फिल्म रिलिज गर्ने घोषणासँगै यसको टिजर सार्वजनिक भयो । मनिषले फिल्मको ट्रेलर भने रिलिज गरेनन् । ट्रेलर रिलिज नभएपछि यो फिल्म नआउने अनुमान लगाउदै फ्यानले हिन्दीमा रीमेक निर्माण गरिरहेका ‘शेहजादा’ टीमको सोसल मिडियामा विरोध समेत गरे । गोल्डमाइनस टेलिभिजनका मनिषलाई अल्लु अर्जुनकै पिता अल्लु अरविन्दले फिल्म रिलिज नगर्न भनेपछि ‘अला वैकुण्ठपुरमलो’ हिन्दीमा हलमा नआउने भयो ।

उनि हिन्दी रीमेक ‘शेहजादा’ का समेत निर्माता मध्यका एक हुन् । अला वैकुण्ठपुरमलो हिन्दी भाषामा हलमा आएपछि शेहजादालाई असर गर्ने भन्दै रिलिज रोकियो । यद्दपी अल्लु अर्जुनका फ्यान आक्रोशित बने । फ्यानको डिमाण्डलाई मध्यनजर गर्दै मनिषले फिल्मलाई आउँदो फेब्रुअरी ६ मा टिभीमै रिलिज गर्ने भएका छन् । हलमै राम्रो व्यापार गर्न सक्ने भनिएको फिल्म अन्ततः टिभीमा आउने भयो । ‘शेहजदा’ का अन्य निर्माताले अल्लु अरविन्दलाई मनिषसँग कुराकानी गर्न मुम्बई बोलाएर फिल्म सार्न लगाएका थिए ।

फिल्म सार्न मनिष किन सहमत भए त ? यो जिज्ञाषा अल्लु अर्जुनका फ्यानहरुलाई छ । यसबारेमा हालै मनिषले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले फिल्म सार्नुको कारण कार्तिक आर्यन रहेको बताएका छन् । ‘शेहजादा’ मा कार्तिक लिड रोलमा छन् । ‘कार्तिकले अला वैकुण्ठपुरामलो हिन्दी भाषामा हलमा रिलिज भए फिल्मबाट निस्किने धम्कि दिएछन् । उनले फिल्म छोड्दा निर्मातालाई ४० करोड घाटा लाग्ने भयो’ मनिषले भने ,’मैले अल्लु अरविन्दसँग काम गरेको वर्षौ भयो । मेरो कारणले उहाँ सहितको टीमलाई कसरी ४० करोड घाटा हुन् दिउ ?’ उनले कार्तिकको जिद्दीले फिल्म हलमा नआएको आरोप लगाए ।

एजेन्सी

कमेन्ट गर्नुहोस्