देश । पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४ सय ३२ र सात हजार ८ सय ६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने ३ हजार ४० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ८८ हजार ९ सय ३४ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार १ सय १७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८ सय १७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २ सय ४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् । आजको दैनिक संक्रमण दर ४६.३४ प्रतिशत छ भने पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८ सय ५१ जनाले खोप लगाएका छन् । मृत्यु हुने संख्या अहिलेसम्म ११ हजार ६ सय ६७ पुगेको छ ।
मंगलबार काठमाडौं उपत्यकामा ६ हजार १ सय ७२ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ४ हजार ८ सय ७५, ललितपुरमा ७ सय ८२ र भक्तपुरमा ५ सय १५ जना संक्रमित थपिएका छन् ।









