फिल्म । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण कम हुन् थालेपछि फिल्म रिलिज हुने चर्चा पनि बढ्दो छ । कोरोना भाइरसकै कारण रिलिज रोकिएका फिल्महरु छिटो भन्दा छिटो दर्शक समक्ष पुग्न चाहन्छन । फिल्मको विषयवस्तुमा ओटीटीमा आइरहेका कन्टेनले असर गर्ने डरसँगै कथा बाहिरिने डरले गर्दा पनि रिलिज रोकिएका फिल्महरु सक्दो छिटो दर्शक समक्ष पुग्न आतुर छन् ।
कोरोना भाइरसको महामारीका कारण रिलिज रोकिएको फिल्ममा अगाडी आउने नाममा छ , आरआरआर र राधेश्याम । साउथ इन्डियन यी दुइ फिल्म नै बिग बजेटका फिल्म हुन् । यिनको लागत ४ सय करोड बढी छ । यसैले गर्दा पनि यी दुइ फिल्म रिलिजको लागि तयार छन् । यसैबीच आरआरआरले मार्च १८ र अप्रिल २८ को डेट बुक गरेपछि राधेश्यामले रिलिज तय गर्न सकेको छैन । फिल्म युनिट निर्देशक एसएस राजमौलीले आफ्नो डेट फाइनल गरोस् भन्नेमा छ । फिल्म राधेश्याम मार्च १८ र अप्रिल २८ मध्ये जुनै डेटमा आउन तयार रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
आरआरआर
फिल्म ‘आरआरआर’ चर्चामा रहेको फिल्म हो । निर्देशक एसएस राजमौलीले ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुइ स्टार जुनिएर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि यो प्रतिक्षित छ । यसमा बलिउडका कलाकारहरु अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतिक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । यसको रिलिज जनवरी ७ मा गर्ने भनिएता पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो त्रासका कारण रोकियो । यद्दपी कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउने भएपछि फिल्म युनिटले मार्च १८ र अप्रिल २८ को डेटमा आउने सम्भावना देखाएको छ । निर्माण युनिटले एक विज्ञप्ति मार्फत फिल्म हल खुलेको अवस्थामा मार्च १८ नत्र अप्रिल २८ मा रिलिज हुने जनाएको छ । बहुबालीपछि दर्शक माँझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।
राधेश्याम
बाहुबली मार्फत भारतीय स्टार बनेका प्रभास अभिनित फिल्म ‘राधेश्याम’ रिलिजको लागि तयार छ । यसले जनवरी १४ मा रिलिज हुने तयारी गरेको थियो । यद्दपी भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि दिल्लीमा हल बन्द गरिए । त्यसपछि अन्य केहि स्टेटमा समेत ५० प्रतिशत अकुपेन्सीमा हलहरु संचालन भएपछि रिलिज हुने भनिएका ठुला फिल्महरु जर्सी , आरआरआरसँगै राधेश्याम लगायत स्थगित भएको थियो । प्रभाससँगै पुजा हेगड़ेको अभिनय रहेको फिल्ममा लभ स्टोरी देखाइने छ ।
फिल्मलाई ४ सय करोडको हाराहारीमा निर्माण गरिएको छ । यो फिल्म ‘आरआरआर’ ले रिलिज तय गर्ने वितिकै रिलिज हुने तयारीमा छ । यसका निर्माताले भारतीय मिडियालाई ‘आरआरआर’ रिलिज अगाडी वा पछाडी २ साताको समय राखेर रिलिज गरिने बताएका छन् । राधाकृष्ण कुमारको निर्देशनमा तयार फिल्मको ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् । एजेन्सी










