ताराले ल्याइन ‘मनैभरी’

संगीत । गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत मनैभरीको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक जंगमको संगीत र अजर जंगमको स्वर छ । किरण कँडेलको संगीत संयोजन रहेको गीत प्रज्ञा साउन्ड रेकर्डिङ स्टुडियोमा शम्भु तण्डुकारले रेकर्डिङ, मिक्सिङ गरेका हुन् ।

शान थापाले निर्देशनको गरेको भिडियोमा संगीतकार दीपक जंगम, गीतकार तारा अधिकारी र गायक अजर जंगम फिचरिङ छन् । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छाँयांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । शान थापाले निर्देशनको गरेको तारा अधिकारीको म्युजिक भिडियोहरु मध्ये यो अलि फरक शैलीले निर्माण गरिएको छ ।

कमेन्ट गर्नुहोस्