फिल्म । कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोन संक्रमितको संख्या भारतमा बढेपछि दिल्लीमा हलहरु बन्द भएका छन् । यसले गर्दा जर्सी र आरआरआरले आफ्नो प्रदर्शन स्थगित गरिसकेका छन् । जनवरी १४ मा प्रदर्शनमा आउने भनिएको फिल्म ‘राधे श्याम’ भने प्रदर्शन डेटमै अडिग छ । यद्दपी यो फिल्म पनि सर्न सक्ने अनुमान लगाइएको छ । ओमिक्रोनको त्रासले गर्दा पछिल्लो समय भारतमा फिल्म रिलिज क्यालेन्डर पुनः फेरबदल हुने भएको छ ।
यसको कारण पनि आउने समयमा प्रतिक्षित र ठुला व्यानरका फिल्महरु एक आपसमा भिड्न सक्ने अनुमान लगाइएको छ । यस वर्षको इदमा प्रदर्शन गर्ने भनिएको फिल्म ‘पठान’ को छायांकन पुरा नहुने सम्भावना बढेपछि यशराज फिल्म्सले जनवरीमा डेट तय गरेको फिल्म ‘पृथ्वीराज’ प्रदर्शन गर्न सक्नेछ । यस्तो भएमा अक्षय कुमारको शिर्ष भूमिका रहेको फिल्म पृथ्वीराज अजय देवगनको फिल्म ‘रङ वे ३४’ सँगै प्रदर्शनमा आउने छ ।
दुइ ठुला स्टारको फिल्म एकसाथ प्रदर्शनमा आउँदा त्यसको असर बक्स अफिसमा पर्नेमा दुइमत छैन । अजयकै निर्देशनमा तयार फिल्मको नाम पहिले ‘मे डे’ राखिएको थियो । पछिल्लो समय अक्षय र अजयले सूर्यवंशीमा सहकार्य गरेका थिए । निर्देशक रोहित शेट्टीको कप युनिभर्समा अजयले सिंघम र अक्षयले सूर्यवंशीको भूमिका निभाउनेछन् ।












