विदेशीसँग नेपाली रेस्लरको भिडन्त

देश । नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले अन्तर्राष्ट्रिय रेस्लिङ गर्ने भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा विभिन्न देशका विभिन्न खेलाडीहरुले खेल प्रस्तुत गर्नेछन् । जसमा चर्चित नेपाली रेस्लर अस्मिता जुरेलीले अमेरिकी रेस्लरसँग भिडन्त गर्नेछिन् ।कार्यक्रममा अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरुको उपस्थिति रहने फाउन्डेसनका संस्थापक अध्यक्ष एवं नेपालको पहिलो महिला रेस्लर भगवति खड्काले बताइन् ।

अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो, भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुरको भिडन्त रहनेछ । यस्तै , नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गिता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ्ग भिडन्त हुनेछ । खेल दिउँसो १२ बजे देखि ५ बजेसम्म हुनेछ ।

कमेन्ट गर्नुहोस्