देश । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । मंगलबार साँझ प्रकाशित सरुवा सूचीअनुसार नेपाल प्रहरीका १५ जिल्लाका प्रहरी प्रमुखको फेरबदल भएको हो । एक वर्ष कार्यअवधि पूरा गरेकाहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयअनुसार सरुवा गरिएको हो । जिल्ला प्रहरी कार्यालय,कास्कीको जिम्मेवारी एसपी रमेश थापा, भक्तपुरको जिम्मा एसपी शिवकुमार श्रेष्ठलाई दिइएको छ । रुपन्देहीमा मनोजकुमार केसी, मोरङमा जनार्दन जिसी, कैलालीमा विश्व अधिकारी, बाँकेमा श्यामकृष्ण अधिकारी र सुनसरीमा सञ्जय सिंह थापा पठाइएका छन् ।
कमेन्ट गर्नुहोस्











